तिमीलाई भन्नु पर्ने,तिमीलाई सुनाउनु पर्ने धेरै कुराहरु छन् मनमा के तिमी सुनिदिन्छौ ? तिमीलाई कुनै दिन बोलाए भने, मैले आवाज दिए भने मेरो आवाज सुनेर के तिमी फर्किएर हेरिदिन्छौ ? तिमीलाई सम्झिनु अनि रात बिरात छटपटिनु धेरै कुरा छन् तिमीलाई बताउनु,के तिमी बुझिदिन्छौ ? तिम्रा हरेक घाऊहरुमा, तिम्रा चोटहरुमा मलम बनिदिन्छु के मलाई तिमी यति अनुमति दिन्छौ ? जिन्दगीको यो कुन मोड हो,म आफैलाई थाहा छैन यो हाथ समाएर यो बाटो कुन हो चिनाउछौ ? तिमी संग नबोल्दा पनि दिल दुख्छ बोल्दा पनि दुख्छ दिललाई अझै चोट पुग्या छैन,सहन सक्छु चोट दिन्छौ ? कहिले आफ्नै लाग्छौ,कहिले पराइ जस्तो गर्छौ तिमी र मेरो बिचमा सम्बन्ध के हो सम्झाउछौ ? जति सुल्झाउन खोज्छु उति झन उल्झेको उल्झै छ यो मन यो दिमाग के तिमी मलाई सुल्झाउछौ ? कुन चै धागों लें बाधेको छ तिमी र मलाई भन म फुकाउने कोशिश गर्छु उता झन कसिदिन्छौ? कसलाई सोधु आखिर मलाई चैन सुकुन किन छैन हास्न चाहन्छु तिमी संग,थोरै सुकुन मेरो नाम गरि दिन्छौ ?...
Let the words speak, let the soul listen; for silence tells the story your lips cannot.