Skip to main content

Posts

Showing posts from October 5, 2025

उसले बुझेको म (Usle Bujheko Ma)

अब उसले मलाई यति बुझ्न थाल्यो , कि म चुपचाप बस्दा पनि , उसले मेरा मौन शब्दहरू सुन्न थाल्यो। ऊ आँखाले पढ्थ्यो , मेरो श्वास भित्र लुकेका व्यथाहरू। ऊ टोलाउँथ्यो , मेरो मौनता भित्रको गीतहरूमा। मैले भन्न नसकेका कुराहरू उसको नयनले पढन  थाल्यो , मैले आधा लेखेर   छोडेका पानाहरू उसले   प्रेमले बुझने कोशिस  गर्न थाल्यो । त्यो बेला देखि मैले आफैँलाई भेट्न थालेँ , आफ्नै छायाँ सँग बोल्न थालेँ , र थाहा पाएँ , कसैले जब निशब्द , निस्वार्थ माया गर्छ , त्यो मायाले तिमीलाई आफैँ सँग भेटाई दिन्छ। उफ् … कोही कसरी हुन सक्छ यति धेरै प्यारो ? म आफैं अनायासै आश्चर्यमा पर्छु, मेरो ओठको मुस्कानमा, उसको मायाको न्यानोपन मिसिए जस्तो । “उसले  मलाई आफैंमा उपहार बनाइदियो।” — Poem by #Srizanaa @srizanaonline #NepaliPoetry #SoulfulWords #LoveAndSilence #InnerJourney #SrizanaWrites