Skip to main content

Posts

Showing posts from August 1, 2021

#तिमी संग ( Poetry )

तिमीलाई भन्नु पर्ने,तिमीलाई सुनाउनु पर्ने    धेरै कुराहरु छन् मनमा के तिमी सुनिदिन्छौ ? तिमीलाई कुनै दिन बोलाए भने, मैले आवाज दिए भने  मेरो आवाज सुनेर के तिमी फर्किएर हेरिदिन्छौ  ? तिमीलाई सम्झिनु अनि रात बिरात छटपटिनु   धेरै कुरा छन् तिमीलाई बताउनु,के तिमी बुझिदिन्छौ ? तिम्रा हरेक घाऊहरुमा, तिम्रा चोटहरुमा मलम  बनिदिन्छु के मलाई तिमी यति अनुमति दिन्छौ  ? जिन्दगीको यो कुन मोड हो,म आफैलाई थाहा छैन  यो हाथ समाएर यो बाटो कुन हो चिनाउछौ ?  तिमी संग नबोल्दा पनि दिल दुख्छ बोल्दा पनि दुख्छ  दिललाई अझै चोट पुग्या छैन,सहन सक्छु चोट दिन्छौ ? कहिले आफ्नै लाग्छौ,कहिले पराइ जस्तो गर्छौ   तिमी र मेरो बिचमा सम्बन्ध के हो सम्झाउछौ ? जति सुल्झाउन खोज्छु उति झन उल्झेको उल्झै छ  यो मन यो दिमाग के तिमी मलाई सुल्झाउछौ ? कुन चै धागों लें बाधेको छ तिमी र मलाई भन म फुकाउने कोशिश गर्छु उता झन कसिदिन्छौ? कसलाई सोधु आखिर मलाई चैन सुकुन किन छैन  हास्न चाहन्छु तिमी संग,थोरै सुकुन मेरो नाम गरि दिन्छौ  ?...