Skip to main content

Posts

के हामी साँच्चै थाकेका छौँ, कि आराम गर्न बिर्सिरहेका छौँ?

 
Recent posts

उधारो दृष्टिकोण : हामी मानिसलाई चिन्छौँ कि सुनिएको कथालाई?

 

मानिस, प्रेम र सम्बन्ध: के हामी कसैलाई पूर्ण रूपमा चिन्न सक्छौँ?

 

खुशी के हो? What is happiness?

खुशी सबै मानिसका लागि फरक हुन्छ। यसको एउटै परिभाषा सबैमा लागू हुँदैन। कसैका लागि खुशी पैसा र सफलतामा हुन्छ, कसैका लागि परिवारमा। कसैले साथीहरूसँग बिताएका क्षणहरूमा खुशी भेट्छन् भने कसैले प्रकृतिको शान्तता र एकान्तमा। कसैलाई भीडभाड, रमाइलो र उत्सवहरू मन पर्छन्, अनि कसैलाई आफ्नै साथमा शान्त भएर बस्न पाउँदा खुशी लाग्छ। त्यसैले खुशीलाई एउटै तरिकाले परिभाषित गर्न सकिँदैन। यो व्यक्तिअनुसार फरक हुन्छ। मेरो लागि भने खुशी अलिकति फरक छ। फुर्सदको दिनमा वरिपरिका फूलहरूबीच पुतली उडिरहेको दृश्य हेर्नु,चराहरूको चिरबिर आवाज सुन्नु, केही क्षणका लागि जीवनको दौडधुपबाट टाढा भएर शान्तसँग बस्नु, वा आफूलाई मनपर्ने काममा भुल्नु  यी सामान्य तर सुन्दर कुराले पनि मनलाई अजीब किसिमको शान्ति र खुशी दिदो रहेछ। तर मेरो धेरै समय ल्यापटपको अगाडि बित्छ । की-बोर्डमा शब्द टाइप गर्दै, केही नयाँ खोज्दै, केही सिर्जना गर्दै, कहिलेकाहीँ केही सिक्दै, कहिलेकाहीँ पढ्दै, र कहिलेकाहीँ इन्टरनेटमा रोचक कुराहरू खोज्दै। कहिलेकाहीँ बोर पनि हुन्छु…तर त्यही भित्र कतै नयाँ कुरा discover गर्ने उत्साह पनि हुन्छ। कम्तीमा हप्तामा...

The Way You Speak Matters More Than Words / शब्द भन्दा बोल्ने तरिका महत्वपूर्ण हुन्छ

  I actually don’t have any problem with being corrected; I just ask that you mind your tone and attitude when you do it . यो lines मैले social media मा भेटेको हो र यो thought   बाट inspire भएर मैले एउटा सानो Note लेख्ने कोशिश गरेको  छु । त्यो line ले मलाई एउटा simple तर deep कुरा के सम्झायो भने ,  गल्ती सच्याउनु normal हो , तर त्यो कसरी भनिन्छ भन्ने कुरा अझै important हुन्छ। This sentence expresses a very calm but clear boundary in communication. It means the person is open to feedback and correction, but they also value respect in the way it is delivered. यसलाई आधार बनाएर मैले यो छोटो लेख तयार गरेको हुँ ,  जहाँ  respect, tone    र  communication  को  importance  बारे सोच साझा गरेको छु। यो वाक्यले एउटा mature र समझदारीपूर्ण सोच देखाउँछ। यसको अर्थ के हो भने , मलाई कसैले मेरो गल्ती देखाइदियो वा सच्याइदियो भने म त्यसलाई नकारात्मक रूपमा लिँदिनँ वा रिसाउँदिनँ। म feedback वा correction स्वीकार गर्न तयार छु , किनभने म आफू...

The Stories We Don’t See : नदेखिएका कथाहरू

तिमीले भेट्ने हरेक मानिस, उसले आफ्नो मन र दिमाग भित्र केही न केही बोकेर हिँडिरहेको हुन्छ जुन तिमीले बाहिर बाट देख्न सक्दैनौ। कोही निको हुँदैछन्, कोही अझै पीडामा छन्। कसैको मन भित्र घाउहरू छन्, जुन बिस्तारै निको हुँदैछन्, कोही अझै आफ्नै पीडा सँग लडिरहेको छ, र कोही त केवल आजको दिन पार गर्न खोजिरहेको छ । चुपचाप, कसैलाई नदेखाई। तिमी केवल उनीहरूको कथाको सानो अंश मात्र देख्छौ… हामी प्रायः अनुहार मात्र देख्छौँ, तर भित्र चलिरहेको कथा बुझ्न बिर्सिन्छौँ। हामीले देख्ने त्यो सानो मुस्कान, सायद गहिरो पीडा माथि राखिएको पर्दा हुन सक्छ। त्यसैले, थोरै दयालु बनौँ, थोरै बुझ्ने कोसिस गरौँ। किनकि तिमीले दिएको सानो माया, सानो सहयोग, वा एउटा राम्रो शब्दले पनि कसैको दिन मात्र होइन, कसैको मन हल्का बनाउन सक्छ। कहिलेकाहीँ, तिमीलाई सामान्य लाग्ने व्यवहार अरू कसैका लागि ठूलो अर्थ राख्छ। — Srizanaa #SpreadLove #BeKind #EmpathyMatters #KindnessCounts #मानवता #दयालुता

हरेक मान्छेको कथा फरक हुन्छ ...!

हरेक मान्छे फरक हुन्छ। उसको संसार फरक हुन्छ। उसले हिँड्ने बाटो फरक हुन्छ। उसका भावनाहरू हामीले देखेको र बुझेको भन्दा फरक हुन सक्छन्, उसले भित्र–भित्रै कुनै लडाइँ लडिरहेको हुन सक्छ जो हाम्रो लडाइँ भन्दा बिलकुलै फरक हुन सक्छ। मनभित्र कतै, कसैले नदेख्ने गरी, शान्त रूपमा उसका संघर्षहरू चलिरहेका हुन सक्छन्। आँखाले देखेका सबै कुरा सधैं सत्य हुँदैनन्, सबै कुरा हामी बुझ्न सक्दैनौं। हरेक कथाका अरू पाटाहरू पनि हुन्छन्, जो हामीलाई थाहा नहुन सक्छन्। त्यसैले, कमसेकम अलिकति करुणा राख्न सकौँ, अलिकति दयालु हुन सकौँ किनकि कसैको जीवनमा के चलिरहेको छ, हामीलाई साँच्चै थाहा हुँदैन। — Srizanaa