Skip to main content

Posts

Showing posts from March 25, 2018

आफ्ना लागि आफैँ वैद्य - बिक्रम सुब्बा

बैशाख १६, २०७१ मा आयुर्वेद बारे २ घण्टाको प्रवचन सुन्ने मौका मिल्यो । तालिम दिने वैद्य बिपी तिमिल्सिना (पाथिभारा आयुर्वेदिक हस्पिटल, सिनामंगल) थिए । मेरा टिपोटहरू काम लाग्ला? ग्राह्य कुरा (Do's) - १। करेला र आलु मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; २। चना र मुला मिसाई पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ३। दूध र बेसार मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ४। मासको (कालो) दाल र घीउ मिसाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ५। मासको (कालो)दाल र कटहर मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ६। मसाको (कालो) दालसँग मेथी, अदुवा र खोर्सानी जस्ता मसाला मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ७। फर्सिको मुन्ट र घीउ पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ८। दहीसँग सक्खर मिसाएर मिसाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ९। सक्खर र तीलको लड्डु मिसाएर खाए केही दिनमा वजन घट्छ; १०। प्याज ताजा काटेर चपाएर खाए टन्सिल निको हुन्छ; ११। परेवाको मासु घ्युमा लसुनसँग पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; १२। आफ्नै मुखको र्‍याल (थुक) बिहान सबैरै आँखामा दले आँखाका धेरै रोग निको हुन्छ; १३। सँधै विहान ...

भ्रम - बिक्रम सुब्बा

मलाई मन परायौ भने, म बारे केही सकारात्मक कुराहरू गर्छौ होला । मलाई मन पराएनौ भने, म बारे केही नकारात्मक कुराहरू गर्छौ होला । मेरो बारेको सत्य त्यति नै हो त? सकारात्मक र नकारात्मक बाहेक जीवनका अन्य आयामहरू नापजोख गर्ने कुनै औजार तिमीसँग छ? तिमीले मलाई भेटेको त केही क्षण, केही दिन, केही महिना वा केही वर्ष मात्र भएकोछ । मेरो "म"को लम्बाई चौडाईको Genetic पुर्ख्यौली सुरुवात तिमीले देखेनौ । मेरो अन्त्य अहिले आइसकेकै छैन । तर, तिमीले मलाई सम्पूर्ण चिनेको ठोकुवा गरेर "सत्य" पत्तो पाइसकेको कुरा गरिरहेछौ । बस् ! यही हो भ्रम ! एकजना मानिसको जन्मको श्री र मृत्यूको शुभमको तमसुकको वीचतिरको दुइचार अक्षर, शब्द र वाक्य मात्र गनेर मैले यो मानिसको बारेमा सबै जानेको छु भन्नु भ्रम हो । दुःख लाग्छ, हामी सबै सबैका बारेमा आफुलाई "जानिफकार" घोषणा गर्छौँ र दंग पर्छौँ । जुनदिन यो भ्रम टुट्छ त्यो दिन डिप्रेशन्ले खलास भएर मर्छौँ । "सत्य" त्यतै कतै उभिएर हाम्रो लाश हेरिरहेको हुन्छ । - बिक्रम सुब्बा - फेसबुक वाल बाट शेयर

कबिता - राज बल्लव कोइराला

राज बल्लव कोइराला बाटोले सोध्यो, कता जादै छस् म झसङ्ग भए अल्मलिए देखेर मलाई बाटो अत्तालियो पर क्षितिजमा रात छिप्पिदै थियो सपनाहरु पर्खिदै थिए म निदाएको बखत निदमा छिर्न चाहन्थे,तिनीहरु म सजिलै कहाँ निदाउथे र......

तिमी को हौ ? कविता -बिक्रम सुब्बा

तिमी को हौ ? तिमी के हौ ? तिमीलाई पहिलो चोटि देखे पछि मेरा हराएका घाम जून भेटे जस्तो लाग्यो तर तिमीले भन्यौ यी त मेरा आँखा हुन् मेरो सपना पनि हराएको थियो हेर्दै लाँदा त्यो पनि तिमीमा भेटेजस्तो लाग्यो तर फेरि तिमीले भन्यौ यो त मेरो शरीर हो मेरो आफ्नो फैलावट हो मेरो संगीत हराएको थियो अचानक एकदिन तिम्रो ढुकढुकीमा भेटेजस्तो लाग्यो तर तिमीले प्रमाण सहित भन्यौ यो त मेरो हृदय बोलेको हो त्यसैगरी मेरो खुशी पनि हराएको थियो हेर्दै जाँदा त्यो पनि तिम्रा ओँठहरूमा अल्झिएको पाएँ तर फेरि तिमीले भन्यौ यो त मे रो मुस्कान हो अब म के भनौँ अब म के सोचौँ तिमी मेरो अमुल्य सम्पतिको थुप्रो हौ ? कि मेरो सानो देशको मेरो सानो झुप्रो हौ ? भन!! भन ! तिमी को हौ ? तिमी के हौ ? कबि - बिक्रम सुब्बा  ✍️

Rahat Kazmi: People still remember Rahat Kazmi’s performance in “Dhoop Kinaray”

Rummage through  PTV  dramas of the 1980s, and you will surely find some classics that you simply cannot ignore. It is here that you will find his dignified presence, a larger than life figure on the small TV screen. People still remember Rahat Kazmi’s performance in “Dhoop Kinaray”, where he can be seen as the reclusive Darcy, who our very own Elizabeth (beautifully enacted by Marina Khan) is trying hard to chase, or in “Ehsaas”, where he plays the role of doting father and a loving husband. In short, he is a legend that  PTV  can proudly boast of, a legend that was born during the state broadcaster’s prime years. The nation dotes on his acting skills, and cherishes his body of work which the younger still watch on YouTube or DVD’s. He is a man of few seasons when it comes to dramas that he has performed in. Sometimes a recluse living in tragic times, in others a sad and heart-broken character (that he performed so well), but never a comic role. Ref...

I wish I had the power to make this world a better place.- Rahat Kazmi

What is your idea of perfect happiness? There is no such thing as perfect happiness, if there was, then Buddha for one wouldn’t have left the pleasures of his palace and gone off into the forest! What is your greatest fear? I am not afraid of anything. The worst that can happen is that the world will one day cease to be, but at that time I hope I won’t be around. What is the trait you most deplore in yourself? My indecision about devoting myself to writing. What is the trait you most deplore in others? When they fail to differentiate between art and entertainment. What is your greatest extravagance? Buying too many books and music CDs. What is your current state of mind? My current state of mind is that I have grown old and that the creativity which used to be there is no longer there. On what occasion do you lie? When I want to be alone. What do you most dislike about your appearance? Everything, particularly now. I don’t want to see an o...

'राहत काजमी' - सम्मान र प्रेम समर्पित (Rahat Kazmi Pakistani legend Actor )

कल्पना बान्तवा क्षणभंगुर जीवन सम्झेर हैन, उमेर बुढ्यौलीउन्मुख भएकाले पनि हैन, सारैसारै ननिको लागेको र मन भाँचिएका कारण मनमा लुकाइराखेको प्रिय मान्छेलाई अचानक बूढो भएको देखेर हो। पाकिस्तानी टेलिशंृखला 'धूपकिनारे' का युवा डाक्टर पात्रलाई हालसालै टीभीको पर्दामा ७० वर्षको भएको देख्दा मन सम्हाल्नै गाह्रो भो। उनैले भनेझैँ समय साँच्चै सबभन्दा 'जालिम' छ। गएको साता 'धूपकिनारे' हेरेँ लगभग तीन दशकको अन्तरालमा। पहिले नै कलिलो मन–मस्तिष्कमा गहिरो छाप पारेको यो टेलिचलचित्रले संवेदना ग्रहण गर्ने तन्तु छिप्पिएको यो पालि त झन् दोब्बरतेब्बर नै छोयो। छुन त मज्जाले छोइयो, तर 'बेकारमा फेरि हेरेको!' भनेर मनले थकथकी पनि मानिरह्यो। साँच्चै न त मैले यो शंृशला फेरि हेर्थें न त डाक्टर अहमरप्रति सुषुप्तावस्थामा रहेको मभित्रको प्रेमले उनीबारे गुगलमा खोजीनीति गर्नै उक्साउँथ्यो! न त एक्कासि बृद्ध डाक्टर अहमरलाई देख्थेँ न मलाई यो पीडा नै हुन्थ्यो! ३० र्ष पुरानो उनको उही सुकुमार तस्बिर अन्तरमा सजाएर खुसीखुसी म यो लोकबाट बिदा हुँदा मेरो कल्पनामा, मेरो सम्झनामा र मेरो जीवनको अन्त...

Young Generation and Depression

Upaahna Ghimire केही समयअघि सामाखुसीको एक होस्टेलमा बस्ने १२ कक्षा अध्ययनरत विद्यार्थीले होस्टेलकै भवनमा झुन्डिएर आत्महत्या गरे । प्रेममा असफल भएका कारण उनले आत्महत्या गरेका थिए । धेरै युवा–युवतीले प्रेममा असफल भएपछि आत्महत्या गर्ने गरेका छन् । अहिले थुप्रै युवामा लागूपदार्थ, डिप्रेसन तथा असाधारण चिन्ताको समस्या देखापर्न थालेको छ । बानी–व्यवहार, आर्थिक तथा सामाजिक समस्या आदिका कारण युवाहरूमा डिप्रेसन बढिरहेको छ । सानैदेखिको बानी, पढ्ने तरिका, लालनपालन तथा घर एवं सामाजिक वातावरण पनि यसका कारक हुन सक्छन् । पश्चिमा मुलुकमा टिनएज पार गर्नासाथ आमाबुवाबाट अलग रहनुपर्ने कारणले गर्दा संयुक्त परिवारको फाइदा लिन नपाउने र आफैंले आर्थिक भार व्यहोर्नुपर्ने भएकाले व्यस्त रहनुपर्छ । एकातिर पढाइ अर्कातिर बढ्दो बोझ अनि परिवारबाट टाढा रहनुपर्ने कारणले पश्चिमा युवामा समेत डिप्रेसनको समस्या चर्को छ । त्यसमाथि कतिपयले क्षणिक आनन्दका लागि धूम्रपान तथा मद्यपान गर्छन् । यसको बढ्दो प्रयोगले समेत डिप्रेसनको समस्या निम्त्याएको पाइन्छ । हाम्रो देशमा भने विशेषगरी सहरी क्षेत्रमा पश्चिमा...