Skip to main content

Posts

Showing posts from 2020

#फ़ैज़ अहमद फ़ैज़ र प्रेम 🧡

  #ति मान्छे साह्रै भाग्यमानी थिए  जसले प्रेमलाई काम सम्झिनथे या काम सॅगै प्रिती गांस्थे म त जिवन भर ब्यस्त रहे थोरै प्रेम गरे थोरै काम गरे कामले प्रेममा भांजो हाली रहयो प्रेमले कामलाई उल्झाईरहयो र अन्तिममा दिक्क भएर मैले दुबैलाई अधुरो छोडीदिए । #फैज अहमद फ़ैज़ (नेपाली अनुवादक unknown)

म तिमीलाई फेरी भेंटने छु - अमृता प्रीतम

  म तिमीलाई फेरी भेंटने छु, कहां ?कसरी ? त्यो त थाहा छैन सायद तिम्रो कल्पनाको झिल्को बनेर तिम्रो क्यानभासमा उत्रिने छु ! वा सायद तिम्रो क्यानभास माथी  एउटा रहस्यमयी रेखा बनेर  चुपचाप तिमीलाई हेरी रहने छु ! वा सायद सूर्यको किरण बनेर तिम्रो रंगमा घोलिने छु वा रंगको अंगालोमा बसेर तिम्रो क्यानभासमा उत्रिने छु थाहा छैन कहां ? कसरी?  तर तिमीलाई पक्कै भेंटने छु । वा सायद एउटा झरना बनेको हुनेछु र जसरी झरनाको पानी उड्दछ म पानीको थोपा बनेर तिम्रो शरीरमा मिसीने छु र एउटा चिस्याहट जस्तै बनेर तिम्रो छातीमा टासीनेछु ... म अरू केही जान्दिन  तर यति चै पक्का जान्दछु समयले जे सुकै गर्नेछ यो जन्म त मेरै साथ चल्नेछ यो शरीर छ त  सबै कुरा समाप्त हुनेछ तर चेतना को धागों ब्रम्हाण्डीय कण बाट बनेको हुन्छ म तिनै कणहरूलाई रोज्नेछु धागोलाई बेर्नेछु र फेरि भेंटने छु तिमीलाई ...। -(प्रख्यात भारतिय लेखिका - अमृता प्रीतम द्वारा लिखीत कविता)

#सपनै सपनाको संसार

तिम्रो मायाको अघि लौ शिर झुकाए मैले, अन्त कतै भेटिएन तिमी जस्तो दिलदार यहां अनगिन्ती छन् अरे तिमीलाई चाहानेहरू सुने, तिमीलाई पाउन गर्दा होलान कति मारामार यहां बन्दुकको गोली भन्दा तिम्रो बोलीले झण्डै मरे, नखाएको बिषले मर्दा होलान कति वफादार यहां कमाउने भए सन्तान बाबु आमाको नाक ठूलै देखे, तर तिनको सपना तुहाउदै बनेका छन् बरोजगार यहां सपनै सपनाको संसार यो हानथाप छ सपना किन्ने, सपनैमा खोला तर्दा परेका छन् कति मझधार यहां  - Srizanaa

#कहां मिल्छ र ... 🌼

तिम्रो बोली बिक्यो भन्दैमा,अरूलाई लाटो भन्नु कहां मिल्छ र ? तिम्रो आखांले संसार देख्यो भन्दैमा,अरूलाई अन्धो भन्नु हुन्छ र ?  थाहा छ मलाई तिमी उचाईमा छौ,त्यसो भन्दैमा गर्नु मनपरि कहां मिल्छ र  म त सही दिउला तितोलाई नि मिठो भनि दिउला  तर,तिम्रो पक्षमा कोई बोलेनन भन्दैमा पोख्नु म माथी रिश कहां हुन्छ र ? #Srizanaa

साहिबा ...

कसैले माया गरोस त तिमीलाई गरोस तिमी जस्तो छौ जे छौ त्यस्तै गरोस  न तिम्रो रंग न रूप न औकात हेरोस  तिमी जस्तो छौ त्यस्तै स्वीकार गरोस मायामा जबरजस्ती केही हुदैन साहिबा  बस प्यारमा ब्यापार कसैले नगरोस  By - Srizanaa

...अनि म जस्तै

तिमी पनि कहिले सुकेको तलाउको हाल हेर,  अनि म जस्तै सपनामा बेस्सरी खाएको मात हेर सुन,लोलाएका आंखा लिएर अब फिर्दे नहिड,  मैले कहिले भने र तिमीलाई अनिदो मेरो रात हेर  यस्तो लाग्छ उज्यालो आउदै छ म तिर बिस्तारै,  तिमी कुनै दिन मेरो शहरको अध्यारो घात हेर तिम्रो सम्झनामा कति खेर पो मन आत्तिएन र,  मान्छौ भने एकपटक यो पिरतीले दिएको सौगात हेर  मान्छे ब्यस्त छन् दुनियांदारी र खरिददारीमा,  त्यहां मान्छेले मान्छेलाई तौलेर फालेको सस्तो बात हेर #Srizanaa

#पारिजात ( तिउरी फुल,पायरिया को गन्ध)

पारिजात       "रात शितल नै छ तर म भित्र गर्मी छ,छटपटी छ.. कुनै पीर बिना अर्थ म मा आएको .. कुनै रोगै नभई मेरा नशा         - नशा दुखेका छन्। विचार गर्छु कस्तो एकोहोरो,कस्तो एकनाश यो जिवन।  हिडदा हिडदै परी कथामा जस्तै एउटा रहस्यको ढोका खुलिदिए पनि हुने,केही भए पनि हुने तर केही हुदैन।                   कि त सांस फेर्न बिर्सीनु परयो आफैलाई थाहा नपाउन,नत्र त यो सासको ओहोर दोहोरले बिताउनु छ स्थिती र जीवन.. चाहे जिवन जत्तिनै महाशुन्य किन नहोस । "म कहां पुगेको ? एउटा वेदनाले मलाई झण्डै सांस निभ्ने गरी हिर्काउछ ।  # पारिजात 💌

केही बेर ...

   म रोएको छु तिम्रो पिरमा,तिमी पनि रोइ देऊ केही बेर  तिमी पनि मेरो यादमा आफनो आंखा भिजाउ केही बेर       म तिम्रो साथमा रहु गुमसुम चुपचाप अनि  तिमी पनि मेरो साथ महसुस गर नबोल केही बेर      मन भित्र थाहा छैन किन उदासी छाएको छ  आभारी छु तिमी भेटन त आयौ मलाई केही बेर      आउनु भन्दा पहिले जानुको हतार तिमीलाई   पल दुई पल साथमा बस, हांस बोल केही बेर       साच्चै भनौ भने दुनियां भरिको कुरा गरेयौ हामीले   तर यो पनि सांचों हो हामी दुई केही बोलेनौ केही बेर     #Srizanaa

पारिजात कबिता

 जुन तारा,          मैले चाहादैमा तिमी मेरो घांघर भरि खस्न आउने त हैनौ,     न म यी फुलहरूका झटारो नै हान्न सक्छु, माने तिमी सुन्दर छौ,          तर यता हेर -     यी फुलहरूले भरिएको धरती पनि त कम सुन्दर छैन जहां        म उभिएकी छु  #पारिजात 🧡

म अनि लक डाउन डायरी

मलाई तिमीले फेर्ने हरेक श्वास को चासो हुन्छ, एक तिमी छौ जसलाई मेरो हाल जान्ने सम्म खांचों हुदैन  सुन,मेरो भागमा परेको माया किन सधै नासो हुन्छ, किस्मतको कुरा हो शायद सबैको भागमा हासो हुदैन #Srizanaa

खेलाडी मान्छेमा समर्पित - लक डाउन डायरी

मलाई लेख्ने मन छ - यो छटपटी, यो उकुस–मुकुस, यो कैदी जस्तो मन, यो जीवन, उफ…यो प्रित र यसले दिएको पागलपन।                                               अनि यो उल्झन - हेर न, बढ्दोछ अझै।                                                        के तिमी मलाई सुल्झाउँछौ?          मलाई थोरै – थोरै शब्द संग खेल्न आउँछ  ।     तर कसैको मनसँग खेल्न सिकेकी छैन।          सुन्छु, यो खेल रमाइलो हुन्छ, के तिमी मलाई खेल्न सिकाउँछौ?”   #Srizanaa