Skip to main content

Posts

Showing posts from August 17, 2025

तिमी भित्रको कथा(Nepali original)

तिमीलाई हेरिरहँदा लाग्छ , तिम्रो आँखाले कुनै कथा सुनाइरहेको छ। र तिम्रो ओठ… अर्कै कथा बोल्दैछ। किन यस्तो दोधार? किन आँखाले सुस्तरी भनिरहँदा, तिम्रो ओठ चुपचाप छन्? शब्दहरू बाहिर आउन चाहन्छन् , तर उनीहरू, तिमी भित्र कतै अड्किएर बसीरहेको जस्तो लाग्छ। ओठ मौन छन्, तर आँखाले त सबै कुरा लुकाउन सक्दैनन् । त्यो पीडा, त्यो सम्झना, त्यो अदृश्य स्वप्न… सबै त झल्किन्छन्, तिम्रो नजरको एउटा हल्का कम्पनमा। तिमी भित्रको कथा , शायद धेरैको जस्तै होला, तर सुनाउने शैली, तिमी जस्तै एक्लो, गहिरो, अनि मौन। 😊 If this poem resonates with you please  stay. There are many more quiet stories yet to be shared. feel free to reply with your thoughts. With care, — Srizanaa 🇳🇵🍃