Skip to main content

Posts

Showing posts from September 27, 2020

#फ़ैज़ अहमद फ़ैज़ र प्रेम 🧡

  #ति मान्छे साह्रै भाग्यमानी थिए  जसले प्रेमलाई काम सम्झिनथे या काम सॅगै प्रिती गांस्थे म त जिवन भर ब्यस्त रहे थोरै प्रेम गरे थोरै काम गरे कामले प्रेममा भांजो हाली रहयो प्रेमले कामलाई उल्झाईरहयो र अन्तिममा दिक्क भएर मैले दुबैलाई अधुरो छोडीदिए । #फैज अहमद फ़ैज़ (नेपाली अनुवादक unknown)

म तिमीलाई फेरी भेंटने छु - अमृता प्रीतम

  म तिमीलाई फेरी भेंटने छु, कहां ?कसरी ? त्यो त थाहा छैन सायद तिम्रो कल्पनाको झिल्को बनेर तिम्रो क्यानभासमा उत्रिने छु ! वा सायद तिम्रो क्यानभास माथी  एउटा रहस्यमयी रेखा बनेर  चुपचाप तिमीलाई हेरी रहने छु ! वा सायद सूर्यको किरण बनेर तिम्रो रंगमा घोलिने छु वा रंगको अंगालोमा बसेर तिम्रो क्यानभासमा उत्रिने छु थाहा छैन कहां ? कसरी?  तर तिमीलाई पक्कै भेंटने छु । वा सायद एउटा झरना बनेको हुनेछु र जसरी झरनाको पानी उड्दछ म पानीको थोपा बनेर तिम्रो शरीरमा मिसीने छु र एउटा चिस्याहट जस्तै बनेर तिम्रो छातीमा टासीनेछु ... म अरू केही जान्दिन  तर यति चै पक्का जान्दछु समयले जे सुकै गर्नेछ यो जन्म त मेरै साथ चल्नेछ यो शरीर छ त  सबै कुरा समाप्त हुनेछ तर चेतना को धागों ब्रम्हाण्डीय कण बाट बनेको हुन्छ म तिनै कणहरूलाई रोज्नेछु धागोलाई बेर्नेछु र फेरि भेंटने छु तिमीलाई ...। -(प्रख्यात भारतिय लेखिका - अमृता प्रीतम द्वारा लिखीत कविता)

#सपनै सपनाको संसार

तिम्रो मायाको अघि लौ शिर झुकाए मैले, अन्त कतै भेटिएन तिमी जस्तो दिलदार यहां अनगिन्ती छन् अरे तिमीलाई चाहानेहरू सुने, तिमीलाई पाउन गर्दा होलान कति मारामार यहां बन्दुकको गोली भन्दा तिम्रो बोलीले झण्डै मरे, नखाएको बिषले मर्दा होलान कति वफादार यहां कमाउने भए सन्तान बाबु आमाको नाक ठूलै देखे, तर तिनको सपना तुहाउदै बनेका छन् बरोजगार यहां सपनै सपनाको संसार यो हानथाप छ सपना किन्ने, सपनैमा खोला तर्दा परेका छन् कति मझधार यहां  - Srizanaa