Skip to main content

Posts

Showing posts from July 25, 2021

यो सांझ यो याद .....

यो सांझ यो याद कति रुमानी छ नि ?  अनि कति इमान्दार हुन्छ नि यो यादहरु,चाहे जहाँ जाऊ,जति टाढा जाऊ पछ्याउदै आइपुग्छ। … यो यादहरु ….मान्छे र मौसम जस्तो छैन यो ,बदलिजादैन बडा पक्का छ यसको साथ।  उसले भन्यो, तिमी एक्लै के बर्बराउदै छौ ? मैले भने,कसैसंग बोल्ने आदत भन्दा एक्लै आफै संग बोल्नु रमाइलो लाग्छ आजभोली ...! उसले भन्यो, अजीब छौ तिमी र गहिरो पनि ….।  तिमीलाई थाहा छ, यो यादहरुको रंग मेहेंदीको रंग भन्दा गाढा हुन्छ।  मैले अघि भनिन तिमीलाई इमान्दार हुन्छ यादहरु हत्तपत्त साथ छोडदैन।  कास यति इमान्दार मान्छे आफै संग भैदिए,उसले अरु संग बेइमानी गर्दा सायद एकचोटी त सोच्थ्यो होला  नि ? उफ,तिमी के यो यादहरुको कुरा लिएर बसेको ? उसले झर्को मान्दै भन्यो ...! मैले उसलाई हास्दै भने, तिमीलाई थाहा छ यादहरु पनि कत्ति अच्चमको  हुन्छ ! जुन यादलाई हामी भुल्न चाहन्छौ त्यसले पिछा छोर्दैन चाहे जति कोशिस गर, ...! र जुन यादहरुलाई कैद गरेर राख्न मन लाग्छ,त्यो हाम्रो सम्झना बाट बिस्तारै धमिलो  हुदै जान्छ। माया पनि त्यस्तै हुदो ...

कविता - सफर

कुहिरो थियो बाक्लो थियो,मन बेचैन थियो,उल्झन बढ्दै थियो  माफ गर देखिन तिमीलाई, होइन मैले नजर फेरेको  दुख थियो पिडा थियो ,पागलपन थियो  नसोच यो सफरमा म कहिले एक्लै हिड्नु परेको .... बेखबर छौ तिमी,बेपर्वाह छु म पनि  कहिले तिमी आफ्नै जिन्दगीमा ब्यस्त  कहिले म आफ्नै दुनियामा लापता , न तिमीलाई फुर्सद भागाभागको जिन्दगी देखि  न मलाई फुर्सद अस्त ब्यस्त आफ्नै जिन्दगी देखि  न तिमि खाली न म खाली, एक हाथले कहाँ बज्छ र ताली ? अस्पथ बाटो ,नसोचेको मोड थियो  लड़खडाउनु थियों हिड्नु थियो , कतै टाढा तिम्रो साथ थियो होइन मैले आवाज  नदिएको  दुख थियो पिडा थियो पागलपन थियो  नसोच यो सफरमा म कहिले एक्लै हिड्नु परेको !!  - Srizanaa