तिम्रो मायाको अघि लौ शिर झुकाए मैले,
अन्त कतै भेटिएन तिमी जस्तो दिलदार यहां
अन्त कतै भेटिएन तिमी जस्तो दिलदार यहां
अनगिन्ती छन् अरे तिमीलाई चाहानेहरू सुने,
तिमीलाई पाउन गर्दा होलान कति मारामार यहां
तिमीलाई पाउन गर्दा होलान कति मारामार यहां
बन्दुकको गोली भन्दा तिम्रो बोलीले झण्डै मरे,
नखाएको बिषले मर्दा होलान कति वफादार यहां
नखाएको बिषले मर्दा होलान कति वफादार यहां
कमाउने भए सन्तान बाबु आमाको नाक ठूलै देखे,
तर तिनको सपना तुहाउदै बनेका छन् बरोजगार यहां
तर तिनको सपना तुहाउदै बनेका छन् बरोजगार यहां
सपनै सपनाको संसार यो हानथाप छ सपना किन्ने,
सपनैमा खोला तर्दा परेका छन् कति मझधार यहां
सपनैमा खोला तर्दा परेका छन् कति मझधार यहां
- Srizanaa

nice1
ReplyDeleteThanks 👍
Delete