अब उसले मलाई यति बुझ्न थाल्यो,
कि
म
चुपचाप
बस्दा
पनि,
उसले
मेरा
मौन
शब्दहरू सुन्न
थाल्यो।
ऊ
आँखाले
पढ्थ्यो,
मेरो
श्वास भित्र लुकेका
व्यथाहरू।
ऊ
टोलाउँथ्यो,
मेरो
मौनता भित्रको गीतहरूमा।
मैले
भन्न
नसकेका
कुराहरू
उसको
नयनले
पढन थाल्यो,
मैले आधा लेखेर छोडेका
पानाहरू
उसले प्रेमले बुझने कोशिस गर्न थाल्यो।
त्यो
बेला देखि मैले
आफैँलाई भेट्न
थालेँ,
आफ्नै छायाँ सँग बोल्न थालेँ,
र थाहा पाएँ,
आफ्नै छायाँ सँग बोल्न थालेँ,
र थाहा पाएँ,
कसैले
जब
निशब्द,
निस्वार्थ माया गर्छ,
त्यो
मायाले
तिमीलाई आफैँ सँग भेटाई दिन्छ।
उफ्…कोही कसरी हुन
सक्छ
यति
धेरै
प्यारो?
म आफैं अनायासै आश्चर्यमा पर्छु,
मेरो ओठको मुस्कानमा,
उसको मायाको न्यानोपन मिसिए जस्तो ।
“उसले मलाई आफैंमा उपहार बनाइदियो।”
म आफैं अनायासै आश्चर्यमा पर्छु,
मेरो ओठको मुस्कानमा,
उसको मायाको न्यानोपन मिसिए जस्तो ।
“उसले मलाई आफैंमा उपहार बनाइदियो।”
— Poem by #Srizanaa @srizanaonline
#NepaliPoetry #SoulfulWords #LoveAndSilence #InnerJourney #SrizanaWrites

Comments
Post a Comment