Skip to main content

खुशी के हो? What is happiness?


खुशी सबै मानिसका लागि फरक हुन्छ। यसको एउटै परिभाषा सबैमा लागू हुँदैन।

कसैका लागि खुशी पैसा र सफलतामा हुन्छ, कसैका लागि परिवारमा। कसैले साथीहरूसँग बिताएका क्षणहरूमा खुशी भेट्छन् भने कसैले प्रकृतिको शान्तता र एकान्तमा। कसैलाई भीडभाड, रमाइलो र उत्सवहरू मन पर्छन्, अनि कसैलाई आफ्नै साथमा शान्त भएर बस्न पाउँदा खुशी लाग्छ।

त्यसैले खुशीलाई एउटै तरिकाले परिभाषित गर्न सकिँदैन। यो व्यक्तिअनुसार फरक हुन्छ।

मेरो लागि भने खुशी अलिकति फरक छ।

फुर्सदको दिनमा वरिपरिका फूलहरूबीच पुतली उडिरहेको दृश्य हेर्नु,चराहरूको चिरबिर आवाज सुन्नु, केही क्षणका लागि जीवनको दौडधुपबाट टाढा भएर शान्तसँग बस्नु, वा आफूलाई मनपर्ने काममा भुल्नु यी सामान्य तर सुन्दर कुराले पनि मनलाई अजीब किसिमको शान्ति र खुशी दिदो रहेछ।

तर मेरो धेरै समय ल्यापटपको अगाडि बित्छ ।
की-बोर्डमा शब्द टाइप गर्दै, केही नयाँ खोज्दै, केही सिर्जना गर्दै, कहिलेकाहीँ केही सिक्दै, कहिलेकाहीँ पढ्दै, र कहिलेकाहीँ इन्टरनेटमा रोचक कुराहरू खोज्दै।

कहिलेकाहीँ बोर पनि हुन्छु…तर त्यही भित्र कतै नयाँ कुरा discover गर्ने उत्साह पनि हुन्छ।

कम्तीमा हप्तामा एक दिन भने म घर वरिपरि आमाले लगाएको सानो फुलबारी हेर्छु, घर पछाडिको बाबाको सानो बारीमा पनि जान्छु, केही फलफूल वा तरकारी फलेको भए टिपेर ल्याउँछु, र र यस्तै सामान्य क्षणहरूमा आफैँलाई खुशी हुने कारण दिइरहेको हुन्छु कहिले।

खुशी,कहिले झ्यालबाहिर सुनिने चराहरूको स्वरमा पनि हुन्छ। मनभित्रका साँचो भावनाहरूलाई शब्दमा उतार्दा, कुनै राम्रो पुस्तक पढ्दा, वा आफ्नै साथमा केहीबेर शान्त भएर बस्दा पनि हुन्छ। सन्तुष्टि त्यही साधारण क्षणहरूमा लुकेको हुँदो रहेछ।

अनि खुशी त आफूले माया गर्ने मान्छेसँग समय बिताउँदा पनि हुन्छ, उसका कुरा सुन्दा, सँगै बसेर मौनता बाँड्दा, वा जीवनका मिठा क्षणहरू साझा गर्दा।

मेरो लागि खुशी तब पनि हुन्छ, जब सबै कुरा सोचेजस्तो चलिरहेको हुँदैन, जीवन सजिलो हुँदैन, तर पनि मनले शान्त भएर भन्छ- “सबै ठीक छ।”
र त्यही शान्त मनलाई दैनिक जीवनका खुसीका पलहरू र अनपेक्षित रूपमा भेटिने मिठा अनुभवहरूले अझ बलियो बनाइदिन्छन्।

ती क्षणहरूले जीवनमा सबै कुरा पूर्ण नभए पनि अगाडि बढिरहन र आशा कायम राख्न प्रेरणा दिन्छन्।

मलाई कहिलेकाहीँ लाग्छ, जीवनलाई सधैं असजिलो बनाएर बाँचिरहनु आवश्यक छैन। त्यसैले म आफैलाई सोध्छु, कहिलेसम्म असजिलो भएर बाँच्ने?

मसँग नभएका कुराहरूको गुनासो गर्नु भन्दा, म शान्ति खोज्ने प्रयास गर्छु। म सामान्य कुराहरूमा,आफ्ना सम्बन्धहरूमा, र साधारण क्षणहरूमा खुशी खोज्छु।

म एक साधारण व्यक्ति हुँ, र मेरो लागि खुशी भनेको आफूलाई मन पर्ने काम गर्नु, केही लेख्नु, केही पढ्नु, र माया गर्ने तथा माया पाउने सम्बन्धहरूलाई बाँच्नु र महसुस गर्नु पनि खुशी हुने एउटा कारण हो जस्तो लाग्छ।

जीवन संघर्ष हो… हरेक पाइला मा त्यसलाई महसुस गरिरहेकी छु, र हरेक चुनौतीसँग जुध्दै, आफूलाई अझ बलियो बनाउने निरन्तर प्रयास गरिरहेकी छु।

सबै कुरा बदल्न सकिँदैन रहेछ,कहिलेकाहीँ जीवनलाई जस्तो छ त्यस्तै स्वीकार्दै अगाडि बढ्नुले  पनि
एक किसिमको सन्तुष्टि दिदो रहेछ।

सायद सत्य यही हो सबैले खुशी खोजिरहेका हुन्छन्, तर सबैले त्यसलाई एउटै ठाउँमा भेट्दैनन्। केहीले सफलतामा भेट्छन्, केहीले सम्बन्धमा, र केहीले आफ्नै मनको शान्ति र सुकुनमा। 

हामी सबैले खुशी खोजिरहेका हुन्छौँ, तर फरक–फरक ठाउँमा।
सायद त्यसैले खुशीको परिभाषा पनि प्रत्येक व्यक्तिका लागि फरक हुन्छ।

तपाईंको लागि खुशी के हो?
तपाईंले आफ्नो खुशी कहाँ भेट्नुभएको छ?

केही शब्दहरूमा आफ्नो भावना साझा गर्नुहोस्।

Srizanaa

#srizanaaonline #Happiness #SimpleJoy #InnerPeace #Gratitude #LifeReflections #SimpleLife #ThoughtsAndReflections #StayPresent #LifeJourney #Srizanaa

Comments

Popular posts from this blog

The Way You Speak Matters More Than Words / शब्द भन्दा बोल्ने तरिका महत्वपूर्ण हुन्छ

  I actually don’t have any problem with being corrected; I just ask that you mind your tone and attitude when you do it . यो lines मैले social media मा भेटेको हो र यो thought   बाट inspire भएर मैले एउटा सानो Note लेख्ने कोशिश गरेको  छु । त्यो line ले मलाई एउटा simple तर deep कुरा के सम्झायो भने ,  गल्ती सच्याउनु normal हो , तर त्यो कसरी भनिन्छ भन्ने कुरा अझै important हुन्छ। This sentence expresses a very calm but clear boundary in communication. It means the person is open to feedback and correction, but they also value respect in the way it is delivered. यसलाई आधार बनाएर मैले यो छोटो लेख तयार गरेको हुँ ,  जहाँ  respect, tone    र  communication  को  importance  बारे सोच साझा गरेको छु। यो वाक्यले एउटा mature र समझदारीपूर्ण सोच देखाउँछ। यसको अर्थ के हो भने , मलाई कसैले मेरो गल्ती देखाइदियो वा सच्याइदियो भने म त्यसलाई नकारात्मक रूपमा लिँदिनँ वा रिसाउँदिनँ। म feedback वा correction स्वीकार गर्न तयार छु , किनभने म आफू...

“Take a breath … and move at your own pace.” by Srizanaa

This year, rather than going around trying to understand everyone else, I will focus on understanding myself better. I don’t have to keep running to fix everything, and I don’t have to understand everything either. Sometimes, I will remind myself that it’s okay to pause and just wait. Where my mind feels tired, I will stop for a while. Where I find peace, I will choose to stay. This year, I will not run away from myself. I will accept myself as I am, while making the necessary changes to grow and move forward.  — Srizanaa This year, I will pause whenever needed, accept myself as I am, and move forward at my own pace.✨ #SelfAcceptance #MindfulLiving #PersonalGrowth #TakeABreath #MoveAtYourOwnPace #SlowAndSteady #2026Intentions #InnerJourney