Skip to main content

The Way You Speak Matters More Than Words / शब्द भन्दा बोल्ने तरिका महत्वपूर्ण हुन्छ

 

I actually don’t have any problem with being corrected; I just ask that you mind your tone and attitude when you do it.

यो lines मैले social media मा भेटेको हो र यो thought बाट inspire भएर मैले एउटा सानो Note लेख्ने कोशिश गरेको छु। त्यो line ले मलाई एउटा simple तर deep कुरा के सम्झायो भनेगल्ती सच्याउनु normal हो, तर त्यो कसरी भनिन्छ भन्ने कुरा अझै important हुन्छ।

This sentence expresses a very calm but clear boundary in communication. It means the person is open to feedback and correction, but they also value respect in the way it is delivered.

यसलाई आधार बनाएर मैले यो छोटो लेख तयार गरेको हुँजहाँ respect, tone   र communication को importance बारे सोच साझा गरेको छु।

यो वाक्यले एउटा mature र समझदारीपूर्ण सोच देखाउँछ। यसको अर्थ के हो भने, मलाई कसैले मेरो गल्ती देखाइदियो वा सच्याइदियो भने म त्यसलाई नकारात्मक रूपमा लिँदिनँ वा रिसाउँदिनँ। म feedback वा correction स्वीकार गर्न तयार छु, किनभने म आफूलाई सुधार गर्न चाहन्छु।

तर त्यससँगै एउटा महत्वपूर्ण कुरा पनि जोडिएको छ, त्यो हो बोल्ने तरिका। गल्ती देखाउने वा सच्याउने कुरा सही भए पनि, त्यो कसरी भनिन्छ भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ। यदि कसैले कडा, कठोर, अपमानजनक वा नराम्रो tone मा कुरा गर्छ भने त्यो कुरा स्वीकार गर्न गाह्रो हुन्छ।

त्यसैले मलाई गल्ती सच्याउन आपत्ति छैन, म त्यसलाई स्वीकार गर्छु, तर सच्याउने तरिका सम्मानजनक हुनुपर्छ। बोल्ने शैली (tone) र व्यवहार राम्रो हुनुपर्छ। अर्थात, कुरा के भनियोमात्र होइन, “कसरी भनियोभन्ने कुराले पनि धेरै फरक पार्छ। गल्ती सच्याउँदा कडा वा अपमानजनक तरिकाले होइन, शान्त र राम्रो व्यवहारिक तरिकाले भन्नु पर्छ भन्ने कुरा हो 

I don’t mind being corrected we all learn that way. But kindness and respect in the way we speak can make all the difference. Sometimes, tone matters more than words.

— Srizanaa

#Respect #Communication #MindYourTone #HealthyBoundaries #SelfGrowth #EmotionalIntelligence #PositiveVibes #LifeLessons #Thoughts #BlogPost #Srizanaa #DeepThoughts #Mindset


Comments

Popular posts from this blog

खुशी के हो? What is happiness?

खुशी सबै मानिसका लागि फरक हुन्छ। यसको एउटै परिभाषा सबैमा लागू हुँदैन। कसैका लागि खुशी पैसा र सफलतामा हुन्छ, कसैका लागि परिवारमा। कसैले साथीहरूसँग बिताएका क्षणहरूमा खुशी भेट्छन् भने कसैले प्रकृतिको शान्तता र एकान्तमा। कसैलाई भीडभाड, रमाइलो र उत्सवहरू मन पर्छन्, अनि कसैलाई आफ्नै साथमा शान्त भएर बस्न पाउँदा खुशी लाग्छ। त्यसैले खुशीलाई एउटै तरिकाले परिभाषित गर्न सकिँदैन। यो व्यक्तिअनुसार फरक हुन्छ। मेरो लागि भने खुशी अलिकति फरक छ। फुर्सदको दिनमा वरिपरिका फूलहरूबीच पुतली उडिरहेको दृश्य हेर्नु,चराहरूको चिरबिर आवाज सुन्नु, केही क्षणका लागि जीवनको दौडधुपबाट टाढा भएर शान्तसँग बस्नु, वा आफूलाई मनपर्ने काममा भुल्नु  यी सामान्य तर सुन्दर कुराले पनि मनलाई अजीब किसिमको शान्ति र खुशी दिदो रहेछ। तर मेरो धेरै समय ल्यापटपको अगाडि बित्छ । की-बोर्डमा शब्द टाइप गर्दै, केही नयाँ खोज्दै, केही सिर्जना गर्दै, कहिलेकाहीँ केही सिक्दै, कहिलेकाहीँ पढ्दै, र कहिलेकाहीँ इन्टरनेटमा रोचक कुराहरू खोज्दै। कहिलेकाहीँ बोर पनि हुन्छु…तर त्यही भित्र कतै नयाँ कुरा discover गर्ने उत्साह पनि हुन्छ। कम्तीमा हप्तामा...

“Take a breath … and move at your own pace.” by Srizanaa

This year, rather than going around trying to understand everyone else, I will focus on understanding myself better. I don’t have to keep running to fix everything, and I don’t have to understand everything either. Sometimes, I will remind myself that it’s okay to pause and just wait. Where my mind feels tired, I will stop for a while. Where I find peace, I will choose to stay. This year, I will not run away from myself. I will accept myself as I am, while making the necessary changes to grow and move forward.  — Srizanaa This year, I will pause whenever needed, accept myself as I am, and move forward at my own pace.✨ #SelfAcceptance #MindfulLiving #PersonalGrowth #TakeABreath #MoveAtYourOwnPace #SlowAndSteady #2026Intentions #InnerJourney