तिमीले भेट्ने हरेक मानिस,
उसले आफ्नो मन र दिमाग भित्र
केही न केही बोकेर हिँडिरहेको हुन्छ
जुन तिमीले बाहिर बाट देख्न सक्दैनौ।
कोही निको हुँदैछन्, कोही अझै पीडामा छन्।
कसैको मन भित्र घाउहरू छन्, जुन बिस्तारै निको हुँदैछन्,
कोही अझै आफ्नै पीडा सँग लडिरहेको छ,
र कोही त केवल आजको दिन पार गर्न खोजिरहेको छ ।
चुपचाप, कसैलाई नदेखाई।
तिमी केवल उनीहरूको कथाको सानो अंश मात्र देख्छौ…
हामी प्रायः अनुहार मात्र देख्छौँ,
तर भित्र चलिरहेको कथा बुझ्न बिर्सिन्छौँ।
हामीले देख्ने त्यो सानो मुस्कान,
सायद गहिरो पीडा माथि राखिएको पर्दा हुन सक्छ।
त्यसैले,
थोरै दयालु बनौँ,
थोरै बुझ्ने कोसिस गरौँ।
किनकि तिमीले दिएको सानो माया,
सानो सहयोग, वा एउटा राम्रो शब्दले पनि
कसैको दिन मात्र होइन,
कसैको मन हल्का बनाउन सक्छ।
कहिलेकाहीँ,
तिमीलाई सामान्य लाग्ने व्यवहार
अरू कसैका लागि ठूलो अर्थ राख्छ।
— Srizanaa
#SpreadLove #BeKind #EmpathyMatters #KindnessCounts #मानवता #दयालुता

Comments
Post a Comment