Skip to main content

आफ्ना लागि आफैँ वैद्य - बिक्रम सुब्बा



बैशाख १६, २०७१ मा आयुर्वेद बारे २ घण्टाको प्रवचन सुन्ने मौका मिल्यो । तालिम दिने वैद्य बिपी तिमिल्सिना (पाथिभारा आयुर्वेदिक हस्पिटल, सिनामंगल) थिए । मेरा टिपोटहरू काम लाग्ला?
ग्राह्य कुरा (Do's) - १। करेला र आलु मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; २। चना र मुला मिसाई पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ३। दूध र बेसार मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ४। मासको (कालो) दाल र घीउ मिसाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ५। मासको (कालो)दाल र कटहर मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ६। मसाको (कालो) दालसँग मेथी, अदुवा र खोर्सानी जस्ता मसाला मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ७। फर्सिको मुन्ट र घीउ पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ८। दहीसँग सक्खर मिसाएर मिसाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ९। सक्खर र तीलको लड्डु मिसाएर खाए केही दिनमा वजन घट्छ; १०। प्याज ताजा काटेर चपाएर खाए टन्सिल निको हुन्छ; ११। परेवाको मासु घ्युमा लसुनसँग पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; १२। आफ्नै मुखको र्‍याल (थुक) बिहान सबैरै आँखामा दले आँखाका धेरै रोग निको हुन्छ; १३। सँधै विहान ५-६ बजेभित्र उठिसक्नु स्वस्थ्यको निम्ती राम्रो; १४। विहान ९-१० तिर मजाले खाना खानु स्वस्थ्यको निम्ती राम्रो; १५। मासु जहिले पनि विहान खानु स्वस्थ्यको निम्ती राम्रो; १६। मासु, स्याउ र दही मिलाएर खाए स्वस्थ्यको निम्ती राम्रो; १७। स्वास्थ्यको निम्ती Evening walk राम्रो हुन्छ; १८। दिउँसोको खाना पछि १५-२० मिनेट सुत्नु स्वास्थ्यको निम्ती राम्रो । सुत्दा देब्रे कोल्टे परेर सुत्ने; १९। कतै राम्रो कामको साइतमा निस्कनु परे नाकको दाहिने तिरबाट सास निस्केको बेला पारेर निस्कने; २०। धर्म-कर्ममा शान्तिका निम्ति निस्कनु परे देब्रे नाकबाट सास निस्केको बोला पारेर निस्कने; २१। बेलुका घाम अस्ताउँनु अघि खाने र ४० मिनेट ईभनिङ वाक गर्ने; २२। दालचिनीको चिया खाने र सँधै सुत्न अघि खाए अति उत्तम; २३। घ्यू र केरा खाए अमृत समान हुन्छ; २४। गर्मि महिनामा घ्यू खाए पित्तलाई समन गर्दछ; २५। घ्यूमा भुटेर काँचो केराको तरकारि खाए अति उत्तम; २६। काँचो केराको सब्जी बिहानै बेलुका खाए स्मरण शक्ति बढाउँछ; २७। पानी जहिले पनि मन तातो (३६ डिग्रीको) खाने; २८। खाना खाँदा विचमा अलिकती पानी खानु राम्रो तर खाना पछि पानी कानु नराम्रो; २९। खाना खानु अघि १ घण्टा पानि नखाने; ३०। खीर र तरकारी जहिले पनि कीटको कराहीमा पकाएर खाने; ३१। दूध पनि कीटको कराहीमा पकाउँनु उत्तम हुन्छ; ३२। खीरमा मेथी (पिसेको) पाक्न लाग्दा हाल्ने र ईच्छा अनुसार घीउ, जाइफल, मरिच, चिनी हाल्दा हुन्छ; ३३। खीर खाएर पानी खाए विष (toxin) बन्छ; ३४। सन्सारको सबैभन्दा राम्रो तेल Olive oil त्यसपछि तोरीको तेल हो; ३५। Olive oil मा कागतीको रस मिसाएर खाए पित्तको पत्थरी निको हुन्छ; ३६। चनामा सूर्यमूखिको बियाँ मिसाएर खाए राम्रो; ३७। बोसिलो (मासु) खाँदा carbohydrate मिलाए खाए राम्रो हुन्छ; ३८। ओक्खर मस्तिष्कको निम्ती अति उत्तम । तर ओक्खर खाएर ११ घण्टा दुध नखाने; ३९। भाँडा सफा गर्न घिरौँलाको जाली उत्तम; ४०। अमलाको पउडर दूधसँग बारै महिना खाने; ४१। ११ वर्षभन्दा माथिकाले दूध घाम हस्ताएपछि खाने; ४२। दूधमा बेसार मिलाएर खाए अल्झाइमर निको हुन्छ; ४३। प्याज, नुन र कागती मिलाएर खाए झाडापखाला रोकिन्छ; ४४। गहुँ भुटेर खाए Vomit रोकिन्छ; ४५। कान दुखे प्याजको रस केही थोपा लगाए निको हुन्छ; ४६। ज्वरो आए गेडा धनियामा अदुवा उमालेर खाने निको हुन्छ; ४७। बेसार, नुन, ज्वानो मिसाएर चूर्ण बनाएर खाए ज्वरो निको हुन्छ; ४८। खाने सोडामा जमुनाको पात मिसाएर लगाए घमौरा निको हुन्छ; ४९। वर पीपलको बोक्रा १-१ ग्राम उमालेर खाए – घुर्ने, प्रोस्टेड ग्लयान्डको समस्या, महिलाको सेतो पानी जाने निको हुन्छ; ५०। धनिया निरन्तर खाए मिर्गौलाको समस्या निको हुन्छ ; ५१। कालो जिरा चपाई राखे घाँटीको समस्या निको हुन्छ । गायकहरूका लागि यो उत्तम उपाय हो; ५२। अम्बाको पात चपाए दाँतको समस्य निको हुन्छ ।
नोटः "अमृत" बन्ने कुरा कहिँ हुँदैन । हाम्रै भान्साघरको खानाहरू मिलाएर पकाई-तुल्याई खाए अमृत बन्छ र विरामी नहुने, तन-मन दुरुस्त रहन्छ भनेको हो । आज बील गेट्स, मुकेस अम्बानी र अमिताब बच्चन जस्ता मानिसहरू किन वैद्यलाई र Nutritionist हरूलाई सल्लाहकार राखेर उनकै निर्देशन अनुसार खाना खान्छन्? किनभने -
१) कुनै कुनै खाने कुराहरू मिसाएर खाए वीष बन्छ । अचेलका डाक्टरले Food poisoning भनेको कुरा यही त हो ।
२)कुनै कुनै खाने कुराहरू मिसाएर खाए अमृत बन्छ ।
अमृत खाने कि वीष? रोज्ने काम तपाइँकै हो । 

Comments

Popular posts from this blog

The Way You Speak Matters More Than Words / शब्द भन्दा बोल्ने तरिका महत्वपूर्ण हुन्छ

  I actually don’t have any problem with being corrected; I just ask that you mind your tone and attitude when you do it . यो lines मैले social media मा भेटेको हो र यो thought   बाट inspire भएर मैले एउटा सानो Note लेख्ने कोशिश गरेको  छु । त्यो line ले मलाई एउटा simple तर deep कुरा के सम्झायो भने ,  गल्ती सच्याउनु normal हो , तर त्यो कसरी भनिन्छ भन्ने कुरा अझै important हुन्छ। This sentence expresses a very calm but clear boundary in communication. It means the person is open to feedback and correction, but they also value respect in the way it is delivered. यसलाई आधार बनाएर मैले यो छोटो लेख तयार गरेको हुँ ,  जहाँ  respect, tone    र  communication  को  importance  बारे सोच साझा गरेको छु। यो वाक्यले एउटा mature र समझदारीपूर्ण सोच देखाउँछ। यसको अर्थ के हो भने , मलाई कसैले मेरो गल्ती देखाइदियो वा सच्याइदियो भने म त्यसलाई नकारात्मक रूपमा लिँदिनँ वा रिसाउँदिनँ। म feedback वा correction स्वीकार गर्न तयार छु , किनभने म आफू...

खुशी के हो? What is happiness?

खुशी सबै मानिसका लागि फरक हुन्छ। यसको एउटै परिभाषा सबैमा लागू हुँदैन। कसैका लागि खुशी पैसा र सफलतामा हुन्छ, कसैका लागि परिवारमा। कसैले साथीहरूसँग बिताएका क्षणहरूमा खुशी भेट्छन् भने कसैले प्रकृतिको शान्तता र एकान्तमा। कसैलाई भीडभाड, रमाइलो र उत्सवहरू मन पर्छन्, अनि कसैलाई आफ्नै साथमा शान्त भएर बस्न पाउँदा खुशी लाग्छ। त्यसैले खुशीलाई एउटै तरिकाले परिभाषित गर्न सकिँदैन। यो व्यक्तिअनुसार फरक हुन्छ। मेरो लागि भने खुशी अलिकति फरक छ। फुर्सदको दिनमा वरिपरिका फूलहरूबीच पुतली उडिरहेको दृश्य हेर्नु,चराहरूको चिरबिर आवाज सुन्नु, केही क्षणका लागि जीवनको दौडधुपबाट टाढा भएर शान्तसँग बस्नु, वा आफूलाई मनपर्ने काममा भुल्नु  यी सामान्य तर सुन्दर कुराले पनि मनलाई अजीब किसिमको शान्ति र खुशी दिदो रहेछ। तर मेरो धेरै समय ल्यापटपको अगाडि बित्छ । की-बोर्डमा शब्द टाइप गर्दै, केही नयाँ खोज्दै, केही सिर्जना गर्दै, कहिलेकाहीँ केही सिक्दै, कहिलेकाहीँ पढ्दै, र कहिलेकाहीँ इन्टरनेटमा रोचक कुराहरू खोज्दै। कहिलेकाहीँ बोर पनि हुन्छु…तर त्यही भित्र कतै नयाँ कुरा discover गर्ने उत्साह पनि हुन्छ। कम्तीमा हप्तामा...

“Take a breath … and move at your own pace.” by Srizanaa

This year, rather than going around trying to understand everyone else, I will focus on understanding myself better. I don’t have to keep running to fix everything, and I don’t have to understand everything either. Sometimes, I will remind myself that it’s okay to pause and just wait. Where my mind feels tired, I will stop for a while. Where I find peace, I will choose to stay. This year, I will not run away from myself. I will accept myself as I am, while making the necessary changes to grow and move forward.  — Srizanaa This year, I will pause whenever needed, accept myself as I am, and move forward at my own pace.✨ #SelfAcceptance #MindfulLiving #PersonalGrowth #TakeABreath #MoveAtYourOwnPace #SlowAndSteady #2026Intentions #InnerJourney