Skip to main content

Young Generation and Depression


Upaahna Ghimire
केही समयअघि सामाखुसीको एक होस्टेलमा बस्ने १२ कक्षा अध्ययनरत विद्यार्थीले होस्टेलकै भवनमा झुन्डिएर आत्महत्या गरे । प्रेममा असफल भएका कारण उनले आत्महत्या गरेका थिए । धेरै युवा–युवतीले प्रेममा असफल भएपछि आत्महत्या गर्ने गरेका छन् ।
अहिले थुप्रै युवामा लागूपदार्थ, डिप्रेसन तथा असाधारण चिन्ताको समस्या देखापर्न थालेको छ । बानी–व्यवहार, आर्थिक तथा सामाजिक समस्या आदिका कारण युवाहरूमा डिप्रेसन बढिरहेको छ । सानैदेखिको बानी, पढ्ने तरिका, लालनपालन तथा घर एवं सामाजिक वातावरण पनि यसका कारक हुन सक्छन् ।
पश्चिमा मुलुकमा टिनएज पार गर्नासाथ आमाबुवाबाट अलग रहनुपर्ने कारणले गर्दा संयुक्त परिवारको फाइदा लिन नपाउने र आफैंले आर्थिक भार व्यहोर्नुपर्ने भएकाले व्यस्त रहनुपर्छ ।
एकातिर पढाइ अर्कातिर बढ्दो बोझ अनि परिवारबाट टाढा रहनुपर्ने कारणले पश्चिमा युवामा समेत डिप्रेसनको समस्या चर्को छ । त्यसमाथि कतिपयले क्षणिक आनन्दका लागि धूम्रपान तथा मद्यपान गर्छन् । यसको बढ्दो प्रयोगले समेत डिप्रेसनको समस्या निम्त्याएको पाइन्छ । हाम्रो देशमा भने विशेषगरी सहरी क्षेत्रमा पश्चिमा संस्कारको नक्कल गर्ने प्रचलनले गर्दा युवाहरूमा डिप्रेसन बढेको पाइन्छ । असफलता र जटिल सम्बन्धबाट विक्षिप्त युवामा भने आत्महत्याको सोच समेत आएको पाइन्छ ।
डिप्रेसन हुने कारण :-
मानसिक रोगको कुनै निश्चित कारण हुँदैन । वंशानुगत, वातावरणीय तत्व तथा व्यक्तित्व नै यसका मुख्य कारक तत्व हुन् । बाबुबाजेलाई मानसिक रोग छ भने त्यसको असर छोराछोरीमा समेत देखापर्नसक्छ । यसले डिप्रेसन मात्र होइन लागूपदार्थको कुलतको सिकारसमेत बनाउनसक्छ ।
समाज तथा सामाजिक वातावरणले गर्दा मानसिकतामा असर पार्न सक्छ । तनावपूर्ण वातावरण, अशान्ति, कोलाहल एवं असुरक्षाले गर्दा पनि समस्या उत्पन्न हुनसक्छ । यसका साथै बानी–व्यवहार, चालचलन, पढाइ, खानपान तथा साथीभाइहरूसँगको व्यवहारले पनि असर पुर्‍याउन सक्छ ।
    उमेर वृद्धिसँगै देखापर्ने हार्मोनल परिवर्तनका कारण पनि डिप्रेसन हुनसक्छ ।
    मस्तिष्कमा पाइने विभिन्न रसायनको कमीले डिप्रेसन हुनसक्छ ।
    सुमधुर सम्बन्ध नहुँदा तथा पढाइमा असफल हुँदा पनि डिप्रेसन हुने सम्भावना रहन्छ ।
    भाषागत समस्या तथा पढाएको कुरा नबुझ्दा पनि युवाहरूमा डिप्रेसनको समस्या उत्पन्न हुन्छ ।
    कतिपय रासायनिक परिवर्तनवा असन्तुलनका कारणसमेत डिप्रेसन हुनसक्छ ।
    घरेलु हिंसा तथा घरमा धेरै झैझगडा देखिरहेका युवामा पनि डिप्रेसन हुने सम्भावना हुन्छ ।
लक्षण :-
    उदासीनता, शारीरिक कमजोरी ।
    एकाग्रता नहुनु तथा कुनै कुरा तथा काम गर्न मन नलाग्नु ।
    मन आत्तिएजस्तो महसुस हुनु । सामाजिक परिवेशमा घुलमिल हुन नसक्नु ।
    हीनताबोध ।
    निद्रा नलाग्नु, खान तथा बोल्न मन नलाग्नु । एकान्तमा बस्न मन लाग्नु ।
गर्न नहुने :-
    असहाय महसुस हुन नदिने ।
    मनोचिकित्सकको सल्लाहबिना औषधि सेवन गर्नुहुँदैन ।
    डिप्रेसनका बिरामीलाई हेयको भावले हेरिनुहुँदैन । जिस्काउने तथा होच्याउने काम गर्नुहुँदैन भने उनीहरूलाई हेरेर हाँस्नुहुँदैन ।

गर्नुपर्ने :-
    डिप्रेसन भएकाहरूलाई जुनसुकै कुरा गर्न सक्छौ भनेर हौसला दिनुपर्छ ।
    साथमा बसेर कुराकानी गर्नुपर्छ, एक्लो महसुस हुन दिनुहुँदैन ।
कसलाई हुन्छ डिप्रेसन ?
    डिप्रेसन युवाहरूको रोग भनिए पनि यसको कुनै निश्चित उमेर समूह भने हुँदैन ।
    बालबालिका तथा वृद्ध पनि यसको सिकार बन्ने गरेका छन् ।
    एक अनुसन्धानले १० देखि १५ प्रतिशत युवामा डिप्रेसन हुने देखाएको थियो ।
    विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिस डिप्रेसनको सिकार छन् ।
जोगिने उपाय :-
    आफूलाई व्यस्त राख्नुपर्छ ।
    जतिसुकै जटिल कुरालाई पनि सजिलै पार गर्न सक्छु भन्ने मनोबल हुनुपर्छ ।
    ध्यान, प्राणायाम तथा शारीरिक व्यायाम गर्नुपर्छ ।
    स्वस्थ एवं सन्तुलित खानेकुरा खानुपर्छ ।
    जीवनमा आएका सजिला–अप्ठ्याराहरूलाई आत्मसात् गर्नुपर्छ ।
    जीवनलाई बेकारको सम्झनुहुँदैन । सकारात्मक ऊर्जाका साथ जीवन जिउनुपर्छ ।
समाधान :-
कुनै पनि घटना, दुर्घटना अथवा तनावको स्थिति झेल्न सक्नुपर्छ । चिकित्सा मनोविद् सुजिता बनियाँका अनुसार समयमै रोगको पहिचान गरी उपचार गराए डिप्रेसन छिट्टै निको हुन्छ । धेरैजसोमा डिप्रेसन भयो भनेर जीवनभर औषधि खानुपर्छ भन्ने धारणा छ जुन गलत हो । डिप्रेसनको अवस्था (नरम, मध्यम तथा कडा) हेरेर त्यसको उपचार गरिन्छ । यसका लक्षणका सम्बन्धमा जानकारी राख्नुपर्छ । यसको उपचार बिरामीको अवस्था हेरेर औषधि तथा परामर्श दुवै तरिकाबाट हुन्छ । हाम्रो समाजमा डिप्रेसनलाई नकारात्मक रूपमा लिइन्छ, तर यो गलत हो । अन्दाजका भरमा रोगको उपचार गर्नुभन्दा पनि कस्तो खालको डिप्रेसन हो पत्ता लगाएर उपचार गराउनु प्रभावकारी हुन्छ । बिरामीका लागि सही उपचार पद्धति के हुन्छ छलफल गरी उपचार विधि अपनाउनुपर्छ । एकपटक नियन्त्रण भएपछि पछि पनि फेरि डिप्रेसन हुनसक्छ । एकपटक उचित उपचार गरेपछि पनि लामो समयपछि यो दोहोरिएर देखापर्नसक्छ ।
सुजिता बनियाँ
चिकित्सा मनोविद्, सिएमसी नेपाल
अहिले धेरै युवामा सामाजिक तथा आर्थिक समस्या ह्यान्डल गर्न नसक्दा मनोवैज्ञानिक समस्या देखापरेको छ । सानातिना समस्या सबैलाई हुन्छन् । यस्तो अवस्थामा समस्यासँग लड्न सक्ने क्षमता नभए डिप्रेसनको समस्या उत्पन्न हुन्छ । युवावस्थामा पढाइ, जागिर, करियर तथा विवाहका कारण डिप्रेसन हुनसक्छ । यस्तो अवस्थामा परिवारका सदस्यहरूले उनीहरूको तुलना अरू कसैसँग गरिदिनुहुँदैन । जतिसुकै अप्ठ्यारो परिस्थितिलाई ह्यान्डल गर्न सक्ने क्षमता भए डिप्रेसन हुँदैन ।
रामपुकार शाह
चिकित्सा मनोविद्, मेट्रो काठमाडौं हस्पिटल
बदलिँदो जीवनशैली, बानी–व्यवहारजस्ता धेरै कुराले अहिले धेरैलाई मानसिक रोगको सिकार बनाएको छ । आधुनिक जीवनशैली तथा पारिवारिक संरचनाका कारण पनि धेरै युवामा उदासीनता बढ्दै गएको छ । वल्र्ड हेल्थ अर्गनाइजेनसको सन् २०१२ को रिपोर्टअनुसार सर्वाधिक आत्महत्या हुने मुलुकहरूको सूचीमा नेपाल सातौँ स्थानमा थियो ।
इन्टरनेट सहयोगी
डिप्रेसनको मात्रा घटाउन सूचना तथा प्रविधिले ल्याएको इन्टरनेट सहयोगी हुने कुरा अस्ट्रेलियामा गरिएको एक अध्ययनबाट पत्ता लागेको छ । अस्ट्रेलियास्थित सिड्नी विश्वविद्यालयका खोजकर्ताहरूले यो कुरा पत्ता लगाएका हुन् । इन्टरनेटमा भएको सूचना भण्डार डिप्रेसनमा परेका युवाहरूका लागि समय कटाउने सजिलो माध्यम साबित भएको छ । विभिन्न उपयोगी सूचना प्राप्त गर्न तथा मनोरञ्जक खेलमा संलग्न गराउने हुँदा इन्टरनेट डिप्रेसन कम गर्न सहयोगी साबित भएको हो । अर्कातिर इन्टरनेटमा उपलब्ध मानसिक स्वास्थ्यसम्बन्धी सामग्रीका कारण पनि जोकसैलाई आफ्नो अवस्थाप्रति सचेत बनाइदिएको छ ।
इन्टरनेटमा उपलब्ध मानसिक स्वास्थ्यसम्बन्धी जानकारीमूलक सामग्रीले विश्वभरका युवामा देखिने डिप्रेसन र त्यसको उपचारको परम्परागत उपायका सम्बन्धमा अवगत गराउँछ । डिप्रेसनको उपचारका लागि आवश्यक प्राकृतिक उपाय एवं दैनिक क्रियाकलापका बारेमा सूचना उपलब्ध हुने भएकाले पनि इन्टरनेट डिप्रेसनका रोगीहरूका लागि उपयोगी साबित भएको हो । (एजेन्सीकी सहयोग

Comments

Popular posts from this blog

The Way You Speak Matters More Than Words / शब्द भन्दा बोल्ने तरिका महत्वपूर्ण हुन्छ

  I actually don’t have any problem with being corrected; I just ask that you mind your tone and attitude when you do it . यो lines मैले social media मा भेटेको हो र यो thought   बाट inspire भएर मैले एउटा सानो Note लेख्ने कोशिश गरेको  छु । त्यो line ले मलाई एउटा simple तर deep कुरा के सम्झायो भने ,  गल्ती सच्याउनु normal हो , तर त्यो कसरी भनिन्छ भन्ने कुरा अझै important हुन्छ। This sentence expresses a very calm but clear boundary in communication. It means the person is open to feedback and correction, but they also value respect in the way it is delivered. यसलाई आधार बनाएर मैले यो छोटो लेख तयार गरेको हुँ ,  जहाँ  respect, tone    र  communication  को  importance  बारे सोच साझा गरेको छु। यो वाक्यले एउटा mature र समझदारीपूर्ण सोच देखाउँछ। यसको अर्थ के हो भने , मलाई कसैले मेरो गल्ती देखाइदियो वा सच्याइदियो भने म त्यसलाई नकारात्मक रूपमा लिँदिनँ वा रिसाउँदिनँ। म feedback वा correction स्वीकार गर्न तयार छु , किनभने म आफू...

खुशी के हो? What is happiness?

खुशी सबै मानिसका लागि फरक हुन्छ। यसको एउटै परिभाषा सबैमा लागू हुँदैन। कसैका लागि खुशी पैसा र सफलतामा हुन्छ, कसैका लागि परिवारमा। कसैले साथीहरूसँग बिताएका क्षणहरूमा खुशी भेट्छन् भने कसैले प्रकृतिको शान्तता र एकान्तमा। कसैलाई भीडभाड, रमाइलो र उत्सवहरू मन पर्छन्, अनि कसैलाई आफ्नै साथमा शान्त भएर बस्न पाउँदा खुशी लाग्छ। त्यसैले खुशीलाई एउटै तरिकाले परिभाषित गर्न सकिँदैन। यो व्यक्तिअनुसार फरक हुन्छ। मेरो लागि भने खुशी अलिकति फरक छ। फुर्सदको दिनमा वरिपरिका फूलहरूबीच पुतली उडिरहेको दृश्य हेर्नु,चराहरूको चिरबिर आवाज सुन्नु, केही क्षणका लागि जीवनको दौडधुपबाट टाढा भएर शान्तसँग बस्नु, वा आफूलाई मनपर्ने काममा भुल्नु  यी सामान्य तर सुन्दर कुराले पनि मनलाई अजीब किसिमको शान्ति र खुशी दिदो रहेछ। तर मेरो धेरै समय ल्यापटपको अगाडि बित्छ । की-बोर्डमा शब्द टाइप गर्दै, केही नयाँ खोज्दै, केही सिर्जना गर्दै, कहिलेकाहीँ केही सिक्दै, कहिलेकाहीँ पढ्दै, र कहिलेकाहीँ इन्टरनेटमा रोचक कुराहरू खोज्दै। कहिलेकाहीँ बोर पनि हुन्छु…तर त्यही भित्र कतै नयाँ कुरा discover गर्ने उत्साह पनि हुन्छ। कम्तीमा हप्तामा...

“Take a breath … and move at your own pace.” by Srizanaa

This year, rather than going around trying to understand everyone else, I will focus on understanding myself better. I don’t have to keep running to fix everything, and I don’t have to understand everything either. Sometimes, I will remind myself that it’s okay to pause and just wait. Where my mind feels tired, I will stop for a while. Where I find peace, I will choose to stay. This year, I will not run away from myself. I will accept myself as I am, while making the necessary changes to grow and move forward.  — Srizanaa This year, I will pause whenever needed, accept myself as I am, and move forward at my own pace.✨ #SelfAcceptance #MindfulLiving #PersonalGrowth #TakeABreath #MoveAtYourOwnPace #SlowAndSteady #2026Intentions #InnerJourney