Skip to main content

केही बेर ...

 


 म रोएको छु तिम्रो पिरमा,तिमी पनि रोइ देऊ केही बेर
 तिमी पनि मेरो यादमा आफनो आंखा भिजाउ केही बेर
     
म तिम्रो साथमा रहु गुमसुम चुपचाप अनि
 तिमी पनि मेरो साथ महसुस गर नबोल केही बेर 
   
मन भित्र थाहा छैन किन उदासी छाएको छ
 आभारी छु तिमी भेटन त आयौ मलाई केही बेर
    
आउनु भन्दा पहिले जानुको हतार तिमीलाई
  पल दुई पल साथमा बस, हांस बोल केही बेर
     
साच्चै भनौ भने दुनियां भरिको कुरा गरेयौ हामीले
  तर यो पनि सांचों हो हामी दुई केही बोलेनौ केही बेर

   #Srizanaa


Comments

Post a Comment